शुक्रबार, श्रावण २९ गते २०८३
images
images

रोनाल्डोले आज साउदी लिगमा डेब्यु गर्दै

एक्सप्रेस पाना
माघ ८, २०७९ आइतबार
  • 238
    SHARES
  • रोनाल्डोले आज साउदी लिगमा डेब्यु गर्दै

    काठमाडौं । पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डोले अन्ततस् आज साउदी प्रो लिगमा आफ्नो डेब्यु गर्ने भएका छन् ।

    images

    रोनाल्डो अल नासरमा आवद्ध भएपछि आज मात्र साउदी लिगमा डेब्यु गर्ने भएका हुन् ।

    अल नासरले आज साउदी क्लब एट्टीफाकको सामना गर्दै छ । यो खेल नेपाली समय अनुसार राति सवा ११ बजे हुनेछ ।

    images

    अल नासरले रोनाल्डोले आजको खेलबाट क्लबका लागि डेब्यु गर्ने जानकारी दिएको छ ।

    साउदी लिगमा अल नासर जारी सिजन १३ खेलमा ९ जित, ३ बराबरी र एक हारसहित ३० अंकका साथ दोस्रो स्थानमा रहेको छ । त्यस्तै एक खेल बढी खेलेको अल इट्टीहाद १४ खेलमा ३१ अंकसहित शिर्ष स्थानमा रहेको छ ।

    रोनाल्डो यसअघि इङल्याण्ड फुटबल फेडेरेसनले लगाएको दुई खेलको प्रतिबन्धका कारण खेल्न पाएका थिएनन् । तर उनले रियादमा पिएसजीविरुद्ध अल नासर र अल हिलालको संयुक्त  टिमबाट भने खेलेका थिए । सो खेल पिएसजीले ५-४ ले जितेपनि रोनाल्डोले दुई गोल गर्दै खेलको प्लेयर अफ द म्याच बनेका थिए ।

    रोनाल्डो साउदी अरबको लिगमा गएपछि यसको चर्चा पनि चुलिएको छ । अहिले विश्वभर साउदी लिगको कुरा हुन थालेको छ । रोनाल्डोको आगमनले साउदी फुटबललाई विश्वभर चिनाउने देखिएको छ । यस अघि चर्चा नै नहुने साउदी लिगको अहिले सबैतिर चर्चा भइरहेको छ । साथै अल नासरले पनि रोनाल्डो भित्र्याएको सकारात्मक असर देखिरहेको छ । स्टेडियममा दर्शक हाउस फुल हुन शुरु भएको छ भने सामाजिक सञ्जाल एकाउन्टमा हजारौं गुणाले फलोअर बढेका छन् ।

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # Ronaldo