शुक्रबार, श्रावण २९ गते २०८३
images
images

मकवानपुर गोल्डकप २९ माघबाट

एक्सप्रेस पाना
माघ ८, २०७९ आइतबार
  • 299
    SHARES
  • मकवानपुर गोल्डकप २९ माघबाट

    स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता यही माघ २९ गतेबाट हुने भएको छ ।

    images

    शनिबार बसेको आयोजक मकवानपुर जिल्ला फुटबल संघको कार्यसमिति बैठकले पाँचौ संस्करणको मकवानपुर गोल्डकप माघ २९ देखि फागुन ११ गतेसम्म गर्ने निर्णय गरेको हो ।

    यसअघि फागुन ४ गतेबाट प्रतियोगिता गर्ने भनिए पनि उक्त समयमा अन्य गोल्डकप हुने भएकोले २९ गतेबाट गर्ने निर्णय गरिएको हो । कार्यसमिति बैठकले संघ अध्यक्ष टीकाराम लामालाई प्रतियोगिताको संयोजकको जिम्मेवारी दिने निर्णय गरेको छ ।

    images

    १२ टिमको सहभागिता रहने यस प्रतियोगिताको विजेताले नगद १५ लाख र उपविजेताले १० लाख रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ। अघिल्लो बर्षहरुमा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले बुलेट मोटरसाइकल प्राप्त गर्दै आएका थिए ।

    यस बर्षपनि बुलेटको लागि प्रायोजक हेटौँडा स्कुल अफ म्यानेजमेण्टसँग प्रस्ताव गरिने आयोजकले बताएको छ । प्रतियोगिताको विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले नगदसहित ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगिताको लागि १ करोड ४१ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । आयोजकले प्रतियोगिताको तयारीलाई तीव्र पारेको छ ।

    प्रतियोगिता हेटौँडा ५ स्थित पिप्ले–क्याम्पा रंगशालामा हुनेछ । यस प्रतियोगितालाई बागमती प्रदेश खेलकुद विकास परिषद्सहित यहाँका स्थानीय तहहरूले आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ ।

    मकवानपुर गोल्डकपको चौथो संस्करण घरेलु टोली विजय यूथ क्लवलाई हराउँदै त्रिभुवन आर्मी फुटबल क्लवले जितेको थियो ।

  • सम्बन्धित विषय:

  • # फुटबल