काठमाडौँ । पोर्चुगिज भेट्रान्स फरवार्ड क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिगमा डेब्यू गरेका छन् ।
आइतबार राति भएको खेलमा रोनाल्डोले अल नासरबाट साउदी लिगमा एट्टीफाकविरुद्ध खेल्दै डेब्यू गरेका हुन् ।
सो खेल अल नासरले १-० गोल अन्तरले जितेको थियो । अल नासरको जितमा खेलको ३१औं मिनेटमा टालिस्काले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
उक्त जितसँगै अल नासर लिगमा शिर्ष स्थानमा उक्लिएको छ । अल नासरको १४ खेलमा ३३ अंक रहेको छ । त्यस्तै एट्टीफाकको भने १४ खेलमा १६ अंक रहेको छ र लिगमा १०औं स्थानमा रहेको छ । यो खेलमा रोनाल्डोले गोल भने गरेनन् ।



