शुक्रबार, श्रावण २९ गते २०८३
images
images

विश्वकप छनोटका लागि नेपाली टिम घोषणा

एक्सप्रेस पाना
माघ ९, २०७९ सोमबार
  • 211
    SHARES
  • विश्वकप छनोटका लागि नेपाली टिम घोषणा

    काठमाडौँ । वेस्टइन्डिजमा आयोजना हुने यु १९ पुरुष विश्वकप क्रिकेटको छनोटका लागि नेपाली टिमको घोषणा गरिएको छ । एसिया छनोटका लागि नेपाल क्रिकेट संघ क्यानले आइतबार टिम घोषणा गरेको हो । 

    images

    अर्को महिना हुने प्रतियोगिताका लागि क्यानले १४ खेलाडीको टिम घोषणा गरेको छ । नेपाली टिममा आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहोरा, उत्तम थापामगर, दिपक डुम्रे र दीपेश कँडेल हेमन्त धामी, दुर्गेश गुप्ता, गुल्सन झा, देव खनाल, सुवास भण्डारी, विशाल केसी र मिलन बोहोराले १४ जनाको स्क्वाडमा स्थान बनाएका छन् । क्यानले ४ जना बैकल्पिक खेलाडीको सूची पनि सार्वजनिक गरेको छ ।

    जसमा प्रज्वल थापा, निर्मल थापा, तुलबहादुर थापा र राजेश यादव रहेका छन् ।

    images

  • सम्बन्धित विषय:

  • # क्रिकेट