काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शीर्ष स्थानको आर्सनलले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ ।
आइतबार राति भएको खेलमा आर्सनलले म्यानचेस्टर युनाइटेडलाई ३-२ गोल अन्तरले पराजित गरेको हो । आर्सनलको जितमा एडी एनकेटीले २ गोल गरेका थिए भने बुकायो साकाले १ गोल गरेका थिए । यता म्यानचेस्टर युनाइटेडका लागि मार्कश राशफोर्ड र लिसान्द्रो मार्टिनेजले १/१ गोल गरेका थिए ।
उक्त जितसँर्ग प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनलको १९ खेलमा ५० अंक भएको छ । आर्सनल दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटी भन्दा ५ अंकले अगाडी छ । यता म्यानचेस्टर युनाइटेड को २० खेलमा ३९ अंक भएको र लिगमा चौथो स्थानमा रहेको छ ।



