शुक्रबार, श्रावण २९ गते २०८३
images
images

रियल म्याड्रिड र बार्सिजोना विजयी

एक्सप्रेस पाना
माघ ९, २०७९ सोमबार
  • 340
    SHARES
  • रियल म्याड्रिड र बार्सिजोना विजयी

    काठमाडौं । स्पेनिस ला लिगा फुटबल अन्तर्गत शीर्ष स्थानको बार्सिलोना र दोस्रो स्थानको रियल म्याड्रिड विजयी भएका छन् । 

    images

    आइतबारा राति भएको खेलमा रियल म्याड्रिडले एथलेटिक क्लबलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

    रियल म्याड्रिडको जितमा करिम बेन्जमा र टोनी क्रुजले १/१ गोल गरेका थिए ।

    images

    उक्त जितसँगै रियल म्याड्रिडको १७ खेलमा ४१ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । रियल म्याड्रिड बार्सिलोनाभन्दा ३ अंकले पछाडी रहेको छ । यता पराजित एथलेटिक क्लबको १८ खेलमा २६ अंक छ र लिगमा आठौ स्थानमा रहेको छ । 

    यस्तै अर्को खेलमा बार्सिलोनाले गेटाफेलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

    बार्सिलोनाको जितमा पेड्रीले खेलको ३५औँ मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

    उक्त जितसँगै बार्सिलोनाको १७ खेलमा ४४ अंक भएको छ र लिगमा शीर्ष स्थानमा कायम रहेको छ । यता गेटाफेको १८ खेलमा १७ अंक रहेको छ र लिगमा १६औं स्थानमा रहेको छ ।

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # ला लिगा