शुक्रबार, श्रावण २९ गते २०८३
images
images

सिरी ए : रोमाको जित, युभेन्टस बराबरीमा रोकियो

एक्सप्रेस पाना
माघ ९, २०७९ सोमबार
  • 286
    SHARES
  • सिरी ए : रोमाको जित, युभेन्टस बराबरीमा रोकियो

    काठमाडौँ । इटालियन सिरी ए फुटबल अन्तर्गत एएस रोमाले स्पेजियालाई पराजित गरेको छ । 

    images

    आइतबार राति भएको खेलमा रोमाले स्पेजियालाई २-० गोल अन्तरले पराजित गरेको हो ।

    रोमाको जितमा स्टेफेन शारावी र टामी अब्राहीमले १/१ गोल गरेका थिए ।

    images

    उक्त जितसँगै रोमाको १९ खेलमा ३७ अंक भएको छ र लिगमा चौथो स्थानमा रहेको छ । यता पराजित स्पेजियाको १९ खेलमा १८ अंक रहेको छ र लिगमा १५औं स्थानमा रहेको छ ।

    यस्तै राति नै भएको अर्को खेलमा सम्पन्न खेलमा युभेन्टस र एटलान्टा ३-३ गोलको बराबरी खेलेका छन् । उकत बराबरीपछि युभेन्टसको १९ खेलमा २३ अंक भएको छ । इटाली फुटबल फेडेरेसनको कारवाही पछि १५ अंक घटेको युभेन्टसको अब् यस खेलपछि लिगमा नवौ स्थानमा रहेको छ ।

    त्यस्तै एटलान्टाको १९ खेलमा ३५ अंक रहेको छ र लिगमा पाँचौ स्थानमा रहेको छ ।

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # सिरी ए