शनिबार, श्रावण ३० गते २०८३
images
images

श्रीलंका फुटबल संघमाथि फिफाको प्रतिबन्ध

एक्सप्रेस पाना
माघ ९, २०७९ सोमबार
  • 240
    SHARES
  • श्रीलंका फुटबल संघमाथि फिफाको प्रतिबन्ध

    काठमाडौं । विश्व फुटबलको सर्वोच निबाले अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले श्रीलंका फुटबल संघ (एफएफएसएल)लाई प्रतिबन्ध लगाएको छ ।

    images

    फिफा महासचिव फातिमा सामोउराले आइतबार जारी गरेको वक्तव्यमा श्रीलंका फुटबलमाथि शनिबार (२१ जनवरी) देखि अर्को सूचना जारी नभएसम्मका लागि निलम्बित गरिएको उल्लेख छ ।

    २१ जनवरी २०२३ मा फिफा काउन्सिल ब्यूरोले लिएको निर्णयअनुसार श्रीलंका फुटबललाई फिफा विधानको धारा १६ अनुसार अर्को सूचना जारी नभएसम्मका लागि निलम्बन गरिएको छ,’ वक्तव्यमा भनिएको छ ।

    images

    निलम्बनमा परेसँगै श्रीलंका फुटबल फिफाको सदस्य भएबापत पाउने सबै अधिकारबाट वञ्चित हुनेछ । श्रीलंका फुटबलको प्रतिनिधित्व गरी राष्ट्रिय टिम वा क्लब टिमले अन्तर्राष्ट्रिय सहभागिता जनाउन पाउने छैनन् भने महासंघका कुनै सदस्य वा अधिकारीले फिफा र एसियला फुटबल महासंघ (एएफसी)ले सञ्चालन गरेका विकास कार्यक्रम, तालिम तथा प्रशिक्षणमा सहभागी हुन पाउँदैनन् ।

  • सम्बन्धित विषय:

  • # फुटबल