सोमबार, कार्तिक १७ गते २०८३
images
images

चीनमा कोरोना संक्रमणबाट एक हप्तामा १३ हजारको मृत्यु

एक्सप्रेस पाना
माघ ९, २०७९ सोमबार
  • 300
    SHARES
  • चीनमा कोरोना संक्रमणबाट एक हप्तामा १३ हजारको मृत्यु

    एजेन्सी / कोरोना भाइरसको उद‍गमस्थल चीनमा फेरि संक्रमण दर बढेको छ । पछिल्लो १ हप्तामा मात्रै  कोरोनाबाट १३ हजार जनाको मृत्यु भएको छ । जनवरी १३-१९ को अवधिमा १३ हजार जनाले कोरोनाबाट ज्यान गुमाएका हुन् ।

    images

    चीनमा हालसम्म ८० प्रतिशत जनसंख्यामा कोरोना संक्रमण फैलिसकेको बताइएको छ। गत जनवरीसम्म कोभिडका कारण ६० हजार मानिसको मृत्यु भइसकेको सीडीसीले जनाएको छ ।

    सीडीसीका अनुसार चीनले डिसेम्बरको पहिलो हप्ता कोभिड नीति अन्त्य गरेपछि संक्रमण दर बढ्‍दै गएको हो । लामो समयसम्म चर्को विरोध भएपछि चीनले लागू गरेको शून्य कोभिड नीति फिर्ता लिएको थियो ।

    images

    कोभिड पोजिटिभ व्यक्तिहरुलाई क्वारेन्टाइन शिविरमा बस्न बाध्य पारिएपछि चौतर्फी विरोध भएको थियो ।