शुक्रबार, श्रावण २९ गते २०८३
images
images

प्रधानमन्त्री दाहालसँग गण्डकीका मुख्यमन्त्रीको भेटवार्ता

एक्सप्रेस पाना
माघ १०, २०७९ मंगलबार
  • 346
    SHARES
  • प्रधानमन्त्री दाहालसँग गण्डकीका मुख्यमन्त्रीको भेटवार्ता

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले भेटवार्ता गर्नुभएको छ । 

    images

    प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा गण्डकी प्रदेश सरकारको विस्तार तथा समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । गण्डकी प्रदेश सरकार विस्तारको तयारी भइरहेको बेला प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले भेटवार्ता गर्नुभएको हो ।

    त्यसअघि प्रधानमन्त्री दाहालसँग लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्रीका रूपमा तेस्रो कार्यकाल प्रारम्भ गर्नुभएका दाहाललाई प्रदेश प्रमुख शेरचनले बधाई दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    images

  • सम्बन्धित विषय:

  • # प्रचण्ड
  • # रासस