शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एलपीएलको खेल तालिका सार्वजनिक

एक्सप्रेस पाना
माघ १०, २०७९ मंगलबार
  • 216
    SHARES
  • एलपीएलको खेल तालिका सार्वजनिक

    धनगढी । सातौँ संस्करणको लिटल फ्लावर प्रिमियर लिग (एलपीएल-७) को खेल तालिका सार्वजनिक गरिएको छ । कैलालीको धनगढी स्थित फाप्ला क्रिकेट मैदानमा माघ २१ गतेबाट आयोजना हुने सर्वाधिक धनराशिको विद्यालय स्तरीय यु-१९ टी२० क्रिकेट प्रतियोगिता एलपीएलको खेल तालिका सार्वजनिक गरिएको हो । आयोजक लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सले सार्वजनिक गरेको खेल तालिका अनुसार सातौँ संस्करणमा सहभागी १० विद्यालयलाई दुई समूहमा विभाजन गरिएको छ । खेलतालिका अनुसार प्रत्येक टिमले ४ वटा लिग चरणका खेल खेल्न पाउने छन् । लिग चरणमा जम्मा २० खेल खेलाइदा समूह विजेता र उपविजेता सेमिफाइनलमा प्रवेश गर्नेछन् । 

    images

    प्रतियोगिताको उद्घाटन खेलमा माघ २१ गते लोटस आइ इङ्लिस सेकेन्डरी स्कुल अत्तरिया र सत्यवती एकेडेमी अत्तरिया आमनेसामने हुनेछन् । प्रतियोगिताको दोस्रो खेलमा माघ २२ गते गुराँस एकेडेमी र धनगढीको वेष्टन क्रिष्टल एकेडेमी प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै सोही दिन प्रतियोगिताको तेस्रो खेलमा लिटल फ्लावर र होली फेमली इङ्लिस मिडियम स्कुल भीमदत्तनगर भिड्ने छन् । 

    No description available.

    images

    माघ २३ गतेको पहिलो खेलमा शारदा विद्या निकेतन धनगढी र कञ्चनपुरको भुवनेश्वरी विद्या मन्दिर तथा दिनको दोस्रो खेलमा नव बाल वाटिका विद्या मन्दिर बौनिया र वेष्टन क्रिष्टल एकेडमी प्रतिस्पर्धा गर्नेछन् । माघ २४ गते सैनिक आवासीय महाविद्यालय तेघरी र सत्यवती एकेडेमी तथा लिटल फ्लावर र गुराँस एकेडेमीबिच खेल हुने छ । माघ २५ गते लोटस आई र शारदा विद्या निकेतन पहिलो खेलमा तथा नव वाल वाटिका र होली फेमिली दोस्रो खेलमा आमनेसामने हुँदा २६ गते भुवनेश्वरी विद्यामन्दिर र सैनिक आवासीय तथा लिटल फ्लावर र वेष्टन क्रिष्टलबिच खेल हुने छ । माघ २७ गते सत्यवती एकेडेमी र शारदा विद्या निकेतन पहिलो खेलमा र दोस्रो खेलमा होली फेमिली र गुराँस एकेडेमी प्रतिस्पर्धा गर्ने छन् । २८ गते लोटस आइ र भुवनेश्वरी तथा लिटल फ्लावर र नव वाल वाटिकाबिच खेल हुने छ । 

    माघ २९ गते सत्यवती एकेडेमी र भुवनेश्वरी, सैनिक आवासीय र लोटस आइ, फागुन १ गते नव वाल वाटिका र गुराँस एकेडेमी, होमी फेमिली र वेष्टन क्रिष्टल एक अर्को विरुद्ध मैदान उत्रनेछन् । लिग चरणको अन्तिम खेलमा फागुन २ गते शारदा विद्या निकेतन र सैनिक आवासीय महा विद्यालय तेघरीबिच प्रतिस्पर्धा हुने छ । फागुन ४ गते समूह विजेता र उपविजेता बिच सेमिफाइनल र ५ गते फाइन खेल हुने आयोजक लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले बताउनु भयो । 

    कैलालीको धनगढीमा विगत ६ वर्षदेखि आयोजना हुँदै आएको प्रतियोगिताको यो संस्करणको विजेतालाई २ लाख ५१ हजार १ सय ११ र उपविजेतालाई १ लाख २५ हजार ५ सय २५ नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले १०÷१० हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । त्यस्तै उदयमान खेलाडीलाई नगद ५ हजार र प्रत्येक खेलको प्लेयर अफ दी म्याचलाई २ हजार प्रदान गरिने आयोजकले जनाएको छ । प्रत्येक विद्यालयले आफ्नो टिममा ४ जना १९ वर्षमुनिका खेलाडी समावेश गर्न पाउनेछन् । 

    विद्यालयमा लुकेर रहेका क्रिकेट खेलाडीहरूलाई बढीभन्दा बढी खेल एक्सपोजर दिन तथा उमेर समूहको क्रिकेटलाई विकास गर्ने उद्देश्यसहित प्रतियोगिता सञ्चालन गर्न लागेको आयोजकको भनाई छ । प्रतियोगिताले विद्यालयहरू भित्र लुकेर रहेका नव प्रतिभाहरू पहिचान गर्न सजिलो हुने अध्यक्ष शाहीले बताउनु भयो । 

    No description available.

    प्रतियोगिताको प्रायोजकमा धनगढी उपमहानगरपालिका धनगढी संरक्षक,लिटल फ्लावरका बोर्डिङ हाईस्कुल धनगढी प्रायोजक,वर्ल्ड भिजन इन्टरनेसनल नेपाल (नेपाली जुटौँ,बाल विवाह रोकौँ)अवेरनेस पार्टनर,आइएमइ पे प्लेयर अफ द म्याच प्रायोजकरहेको छ । त्यस्तै डिजिटल लर्निंग पार्टनरमा निमा एकेडेमी, हायर एजुकेसन पार्टनर टाइम्स इन्टरनेशनल कलेज डिल्लीबजार काठमाडौ, कम्युनिकेसन पार्टनर नेपाल टेलिकम, सहप्रायोजक हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेज काठमाडौँ, रनर अप प्रायोजकमा गुरुकुल एकेडेमी उत्तरबेहेडी धनगढी रहेको छ ।

    त्यस्तै अफिसियल गेट प्रायोजकमा धनगढी वाल पेपर सप्लायर्स एण्ड होम डेकोर, पब्लीकेशन पार्टनर ओशन पब्लीकेशन प्रालि, हस्पिटालीटि पार्टनर इमेज होटेल प्रा.ली धनगढी,सर्टिङ एण्ड सुटिङ पार्टनर गुरुजी सर्टिङ एण्ड सुटिङ धनगढी, प्लेयर अफ दी टुर्नामेण्ट प्रायोजक मालिकार्जुन हार्डवेयर प्रा.लि. अत्तरिया रहेको छ । त्यस्तै सहप्रायोजकहरुमा निष्ट फाउन्डेसन काठमाडौँ, के. आई. सिंह गाउँपालिका डोटी,हस्पिटल पार्टनर निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर धनगढी, स्किन केयर पार्टनर धनगढी स्किन केयर एण्ड एस्थेस्टिक सेन्टर धनगढी, सहप्रायोजकहरुमा  चैतन्य पाठशाला धनगढी, जय मंगलम् सिमेन्ट प्राली युवा समाजसेवी विनोद शाही हाल अमेरिका, दाहाल पुस्तक पसल धनगढी, होटेल जियान हस्पिटालिटी धनगढी, उच्चाकोटी आर.एम.सी धनगढी, डिस्कभरि बोर्डिङ स्कुल धनगढी,सानभी बुक्स एण्ड स्टेशनरी धनगढी रहेका छन् ।

    वेस्ट बलर प्रायोजक वरिष्ठ युवा  समाजसेवी जयन्ती थापा हाल अमेरिका एजुकेसन  कन्सल्टेन्सी पार्टनर एस. आ. जी.नेपाल काठमाडौ, बेस्ट ब्याट्सम्यान प्रायोजक विद्या भूषण पब्लिक स्कुल मोहनपुर कैलाली, सहप्रायोजक नवजीवन हस्पिटल धनगढी, समाज सेवी अर्जुनराज जोशी (हाल कोरिया), विशेष अटो मोटिभ्स (हिरो) धनगढी कैलाली र कामिक्षादेबी डेरी धनगढी ५ रहेका छन् ।

    No description available.

  • सम्बन्धित विषय:

  • # क्रिकेट