काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल क्बल एभर्टनका प्रशिक्षक फ्रान्क लाम्पार्ड बर्खास्तमा परेका छन् । लगातार खराब नतिजा दिएपछि एभर्टनले प्रशिक्षक फ्रान्कलाई बर्खास्त गरेको हो ।
लाम्पार्डको गुडिसन पार्कमा एक वर्षभन्दा कम समयको बसाई रह्यो । गत शनिबार एभर्टनले वेष्टह्यामसँग २-० गोलको पराजय व्यहोरेपछि नै क्लबले लाम्पार्डको विकल्पको खोजी गरेको हो । प्रिमियर लिगमा उनको नेतृत्वमा एभर्टनले १२ खेलमा ९ खेलमा पराजय व्यहोरेको छ ।
आल तालिकाको १९औँ स्थानमा रहेको एर्भटनसँग १५ अंकका साथ रेलिगेसन जोनमा रहेको छ । ४४ वर्षीय लाम्पार्डले गत जनवरीमा रफायल बेनिटेजलाई प्रतिस्थापन गरेका थिए । उनलाई एभर्टनलाई रेलिगेसनबाट बचाउन क्लबले अनुबन्ध गरेको थियो ।



