शुक्रबार, भाद्र २६ गते २०८३
images

सातकन्या विद्यालयकोे ५०औं वार्षिकोत्सब सम्पन्न

एक्सप्रेस पाना
माघ १०, २०७९ मंगलबार
  • 552
    SHARES
  • सातकन्या विद्यालयकोे ५०औं वार्षिकोत्सब सम्पन्न

    श्री सातकन्या माध्यमिक विद्यालय मेलम्ची नगरपालिका वडा नम्बर ९ ज्यामिरेको ५० औं वार्षिकोत्सब तथा स्वर्णजयन्ति सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि मेलम्ची नगरपालिकाका प्रमुख आइमान तामाङले शैक्षिक गुणस्तरको विकासमा ध्यान दिन शिक्षक तथा अभिभावकहरुमा आग्रह गर्नुभयो । 

    images

    उहाँले नगरपालिकाले भौतिक सँगै शैक्षिक गुणस्तरको लागि योजना बद्ध ढंगले काम गरिरहेको उल्लेख गर्दै यसभेगको अग्रणी विद्यालयको रुपमा स्थापित हुन आग्रह गर्नुभयो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक जनक अधिकारीले बार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने विद्यालयका शिक्षक तथा विद्यार्थीहरुले आफ्नो प्रतिभा प्रस्तुत गर्नुभएको थियो । उत्कृष्ट शिक्षकको रुपमा पुष्पा कार्कीलाई सम्मान गरिएको थियो ।

    विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष खड्क बहादुर गिरी अध्यक्षतामा भएको कार्यक्रम शोभा तामाङले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा वडा अध्यक्ष किरणदिप खड्का, पूर्व विद्यालय ब्यबस्थापन समितिका अधयक्ष ठाकुरनाथ कुईकेल, जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक केदार विष्ट, नेबिसङ उपाध्यक्ष निश्चल गिरी, लगायतले विद्यालयलाई शुभकामना ब्यक्त गर्दै गुणस्तरीय शिक्षा प्रदानगर्न जोड दिनुभएको थियो । 

    images