शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एसपीएले लखनउमा इन्टरनेशनल स्कुल क्रिकेट लिग खेल्ने

एक्सप्रेस पाना
माघ ११, २०७९ बुधबार
  • 266
    SHARES
  • एसपीएले लखनउमा इन्टरनेशनल स्कुल क्रिकेट लिग खेल्ने

    धनगढी, ११ माघ । धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी(एसपीए) कलेजले भारतको लखनउमा हुने छैटौं संस्करणको इन्टरनेशनल स्कुल क्रिकेट लिग खेल्ने भएको छ ।

    images

    जनवरी २७ देखि फेब्रुअरी २३ सम्म चल्ने लिगका लागि बुधबार कलेजले आफ्नो क्रिकेट टोलीको विदाई गर्यो । कलेजका प्रबन्ध निर्देशक सुवास शाही, क्याम्पस प्रमुख योगराज उपाध्यायले एक कार्यक्रमबीच खेलाडी तथा अफिसियलहरुको विदाई गरेका थिए ।

    एसपीए कलेजको टोलीमा बसन्त कार्की, विप्लव खड्का, निर्मल भाट, निशान रेग्मी, सागर साउद, अजयसिंह कडाल, सचिन साउद, सुर्य श्रेष्ठ, खगेन्द्र कुँवर, विशाल विष्ट, विरेन्द्र चन्द, गौरव गुरुङ, आशिष तुहार र विपिन रावल रहेका छन् । यस्तै अफिसियलमा भागीराम बखरिया, यज्ञराज जोशी र गोविन्द भट्ट रहेका छन् । 

    images

    विश्वप्रशिद्ध सिटी मन्टेश्वरी स्कुलको आयोजनामा हुने प्रतियोगितामा नेपाल, श्रीलंका, ओमान, जिम्बाबेसहित भारतका कोलकत्ता, दिल्ली, पटना, हैदरावाद, मध्यप्रदेश, पञ्जाबलगायत शहरका टोलीहरुले सहभागिता १६ टोलीको जनाउँदैछन् ।

    प्रकाशित खेल तालिका अनुसार एसपीए कलेजले जनवरी २७ मा उत्तराखण्डको अमिनिटी पब्लिक स्कुल, जनवरी २९ मा जिम्बाबेको लेजेन्ड कम्बाइन्ड स्कुल र जनवरी ३० मा कोलकत्ताको साउथ सिटी इन्टरनेशनल स्कुलसँग लिग चरणका खेलहरु खेल्नेछ । 

    लिगकम नकआउट फम्र्याटमा हुने लिग लखनउका तीन क्रिकेट ग्राउण्डमा हुनेछ । खेल दिन रात हुनेछ । वेस्टइण्डिजका निकोलस पुरन, भारतको यू–१९ विश्वकप विजेता टोलीका सदस्य हिमान्सु राना, यू-१९ टोलीका सदस्यहरु दिवंशु जोशी, मयंक रावत, आइपीएल टोली सनराइजर्स हैदरावादका अविशेक शर्मा, राजस्थान रोल्सका अनुज रावत, मुम्बई इण्डियन्सका विपुर कृष्णलगायतले पनि उक्त क्रिकेट लिग खेलिसक्नुभएको छ । 

  • सम्बन्धित विषय:

  • # क्रिकेट