काठमाडौंं । इंग्लिस काराबाओ कप नकआउट फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा म्यानचेस्टर युनाईटेडले नटिङघम फरेस्टलाई ३-० गोल अन्तरले पराजित गरेको छ ।
बुधबार राति भएको खेलमा युनाईटेडको जितमा मार्कुस राषफोर्ड, वाउट वेगहर्स्ट र ब्रुनो फर्नान्डेसले १/१ गोल गरे ।
उक्त जितसँगै युनाईटेडले अघिल्लो चरणमा प्रवेशको सम्भावना बलियो बनाएको छ । अब यी दुई टोलीबीचको दोस्रो लेग आगामी बुधबार राति हुनेछ ।



