काठमाडौंं । स्पेनिस ला लिगा फुटबल क्लब बार्सिलोना कोपा डेल रे फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।
बुधबार राति भएको खेलमा रियल सोसिडाडलाई १-० गोलले हराउँदैबार्सिलोना सेमिफाइनलमा प्रवेश गरेको हो ।
खेलको ४०औं मिनेटमा ब्रैस मेन्डेजले रातो कार्ड पाएपछि सोसिडाड १० खेलाडीमा समेटिएको थियो । त्यसपछि दबाबमा परेको सोसिडाडमाथि बार्सिलोनाका ओसुमाने डेम्बेलेले ५२औं मिनेटमा निर्णायक गोल गरे ।
यस्तै अर्को खेलबाट ओसासुना पनि सेमिफाइनलमा पुगेको छ । उसले सेभियालाई अतिरिक्त समयमा २-१ गोलले हराएर अन्तिम चारमा पुगेको हो ।



