शुक्रबार, भाद्र २६ गते २०८३
images

सलमानको ‘किसीका भाइ किसीकी जान’को टिजर सार्वजनिक

एक्सप्रेस पाना
माघ १२, २०७९ बिहीबार
  • 279
    SHARES
  • सलमानको ‘किसीका भाइ किसीकी जान’को टिजर सार्वजनिक

    भारतीय अभिनेता सलमान खान अभिनित फिल्म ‘किसीका भाइ किसीकी जान’को टिजर सार्वजनिक भएको छ ।

    images

    फिल्मको टिजर शाहरूख खानको फिल्म ‘पठान’ रिलिज भएकै दिन हलमा सार्वजनिक गरिएको हो । बुधबार सार्वजनिक गरिएको १ मिनेट ४३ सेकेण्ड लामो टिजरमा एक्सन दृश्य समावेश गरिएको छ ।

    फरहाद सम्जी निर्देशित फिल्मको फिल्मको कथावस्तु सलमानले लेखेका हुन् । फिल्म निर्माणमा सलमान खान फिल्म्स ब्यानरले जिस्टुडियोसँग सहकार्य गरेको छ ।

    images

    फिल्ममा सलमानका अलावा पूजा हेग्डे, शहनाज गिल, भाग्यश्री, भूमिका चावलाको मुख्य भूमिका रहेको छ । सलमानको पछिल्लो फिल्म ‘अन्तिम’ थियो, जुन सन् २०२१ मा रिलिज भएको थियो ।

    फिल्म ‘किसीका भाइ किसीकी जान’ सन् २०२३ को इदमा रिलिज हुनेछ ।