शुक्रबार, श्रावण २९ गते २०८३
images
images

अल नासर साउदी सुपर कपबाट बाहिरियो

एक्सप्रेस पाना
माघ १३, २०७९ शुक्रबार
  • 239
    SHARES
  • अल नासर साउदी सुपर कपबाट बाहिरियो

    काठमाडौँ । साउदी सुपर कप अन्तर्गत क्रिस्टियानो रोनाल्डो आवद्ध अल नासर पराजित भएको छ ।

    images

    बिहिबार राति भएको खेलमा अल नासरलाई अल ईट्टीहाद क्लबले ३-१ गोल अन्तरले पराजित गरेको हो ।

    अल ईट्टीहादको जितमा रोमारिन्हो, अबदेराजक  हम्दल्लाह र मुह्नाद अल सहनकीतले एक एक गोल गरेका थिए । त्यस्तै अल नासरका लागि टालिस्काले एक गोल गरेका थिए ।

    images

    उक्त जितसँगै अल ईट्टीहाद साउदी सुपर कपको फाइनलमा पुगेको छ ।

    यस्तै क्रिस्टियानो रोनाल्डोले अल नासरका लागि खेलेको दोस्रो खेलमा हार बेहोरेका छन् भने उनले अल नासरका लागि अझै गोलको खाता भने खोल सकेका छैनन् । रोनाल्डोले साउदीमा पिएसजीविरुद्ध अल स्टार्सको नेतृत्व गर्दै खेलेको खेलमा भने २ गोल गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # फुटबल