शुक्रबार, श्रावण २९ गते २०८३
images
images

आसिफलाई आइसीसीको स्प्रिट अफ क्रिकेटको अवार्ड

एक्सप्रेस पाना
माघ १३, २०७९ शुक्रबार
  • 215
    SHARES
  • आसिफलाई आइसीसीको स्प्रिट अफ क्रिकेटको अवार्ड

    काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका विकेटकिपर ब्याट्सम्यान आसिफ सेखलाई आइसीसीले २०२२ को स्प्रिट अफ क्रिकेट अवार्ड दिएको छ ।

    images

    हिजो विहिबार आइसीसीले सेखलाई २०२२ को स्प्रिट अफ द क्रिकेट अवार्डबाट सम्मानित गरेको घोषणा गरेको हो ।

    योसँगै आसिफ यो अवार्ड पाउने पहिलो नेपाली खेलाडी बनेका छन् ।

    images

    गत फेब्रुअरी १४ मा आयरल्याण्डविरुद्धको खेलमा विकेटकिअप्र रहेका असिफले नेपाली बलर कमल सिंह ऐरीसँग पिचको बिचमा ठोक्किएर लडेका आयरल्याण्डका एन्डी म्याकब्रिनलाई रनआउट गर्न अस्वीकार गरेका थिए । आसिफले खेल भावना देखाउदै पिचमा लडेका एन्डीलाई रनआउट नगरेको विषय त्यति बेला नै चर्चामा रहेको थियो ।

    आसिफको यस खेल भावनाको कदर गर्दै २०२२ को स्प्रिट अफ द क्रिकेटको अवार्ड दिएको हो । आइसीसीले खेलमा आफ्नो प्रतिद्वन्दी, आफ्नो कप्तान र टीम, एम्पायरको भूमिका र खेलको परम्परागत मुल्यलाई सम्मान गर्ने खेलाडीलाई हरेक बर्ष स्प्रिट अफ क्रिकेट अवार्ड दिने गर्दछ ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट