शुक्रबार, श्रावण २९ गते २०८३
images
images

पूनरागमन जितसँगै रियल कोपा डेल रेको सेमिफाइनलमा

एक्सप्रेस पाना
माघ १३, २०७९ शुक्रबार
  • 210
    SHARES
  • पूनरागमन जितसँगै रियल कोपा डेल रेको सेमिफाइनलमा

    काठमाडौँ । रियल म्याड्रिड स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार बिहान सम्पन्न भएको क्वार्टरफाइनल खेलमा एटलेटिको मड्रिडलाई ३(१ गोलअन्तरले पराजित गर्दै रियल मड्रिड अन्तिम चारमा प्रवेश गरेको हो ।

    images

    रियल मड्रिडलाई जित दिलाउन रोड्रिगो, करिब बेन्जेमा र भिनिसियस जुनिएरले एक(एक गोल गरे । एटलेटिको मड्रिडका लागि अल्भारो मोराटाले एक गोल फर्काए ।

    मोराटाले १९औँ मिनेटमा गोल गर्दै एटलेटिकोलाई अग्रता दिलाएका थिए तर रियलका रोड्रिगोले ७९औँ मिनेटमा बराबरी गोल फर्काए ।

    images

    निर्धारित ९० मिनेटमा दुबै टोलीले बराबरी खेलेपछि थप गरिएको ३० मिनेटमा रियलले दुई गोल गर्‍यो । एटलेटिकोका स्टेफाइन साभिक ९९औँ मिनेटमा रातो कार्ड खाँदै बाहिरिएपछि रियलका बेन्जेमाले १०४ औँ तथा भिनिसियसले अतिरिक्त समयको दोस्रो हाफको इन्जुरी समयमा गोल गरे ।

     

  • सम्बन्धित विषय:

  • # फुटबल