काठमाडौं । घरेलु मैदानमा आयोजना हुने त्रिदेशीय एकदिवसीय सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय पुरुष टिमको बन्द प्रशिक्षणमा २८ खेलाडी डाकेको छ ।
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको एकदिवसीय सिरिजका लागि शुक्रबार क्यानले खेलाडीलाई बन्द प्रशिक्षणमा डाकेको हो ।
सिरिजमा नेपाल, नामिबिया र स्कटल्याण्डले प्रतिस्पर्धा गर्ने छन् । सिरिजको पहिलो खेलमा नेपालले नामिबियासँग खेल्नेछ । जुन खेल फेब्रुअरी १४ मा हुनेछ ।
यस्तै नेपालले दोस्रो खेलमा स्कटल्याण्डसँग फेब्रुअरी १७ मा खेल्नेछ । नेपालले फेब्रुअरी १८ मा नामिबियासँग दोस्रो खेल खेल्दा स्कटल्याण्डसँग फेब्रुअरी २१ मा पुन: खेल्नेछ । नेपाल २४ खेलमा १८ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
स्कटल्याण्ड ३२ खेलमा ४६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । नामिबिया ३० खेलमा ३७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
नेपाली टोली :
कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, आरिफ शेख, दीपेन्द्र सिहं ऐरी, सोमपाल कामी, करण केसी, गुलशन झा,शरद भेषवाकर, ललित नारायण राजवंशी, विनोद भण्डारी,सागर ढकाल, सन्दीप जोरा, किशोर महतो, कमलसिंह ऐरी, सिद्धान्त लोहनी, अर्जुन साउद, सुर्य तामाङ, अबिनाश बोहोरा, विवेक यादव,भिम सार्की, मौसम ढकाल, कुशल मल्ल, अनिल शाह,बिक्रम सोब, भुबन कार्की, अंकित सुवेदी



