काठमाडौँ । इटालियन सिरी ए फुटबल अन्तर्गत इन्टर मिलानले क्रेमोनेजलाई पराजित गरेको छ ।
शनिबार राति भएको खेलमा इन्टर मिलानले क्रेमोनेजलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
इन्टर मिलानको जितमा लाउतारो मार्टिनेजले दुई गोल गरेका थिए भने क्रेमोनेजका लागि डेभिड ओकेरेकले एक गोल गरेका थिए । मिलानले यस खेलमा १-० गोलले पछि परेपछि कमब्याक गर्दै खेल जितेको थियो ।
उक्त जितसँगै इन्टरमिलान सिरी ए मा दोस्रो स्थानमा उक्लिएको छ । इन्टर मिलानको २० खेलमा ४० अंक रहेको छ । यता पराजित क्रेमोनेजको भने २० खेलमा केवल ८ अंक रहेको छ भने लिगमा पुछारमा रहेको छ ।



