काठमाडौं । इटालियन सिरी ए फुटबलमा एसी मिलानले फराकिलो हार ब्यहोरेको छ ।
आइतबार भएको खेलमा घरेलु टोली एसी मिलान पाहुना टोली सासुओलोसँग ५-२ गोल अन्तरले पराजित भएको हो ।
सासुलोको जितमा ग्रगोइर डिफेर, डेभिड फ्रेटेसी, डोमेनिको बेरार्डी, आर्मन्ड लौरिएन्ट र म्याथियस हेनरिकले समान १/१ गोल गरे यता मिलानको लागि ओलिभर गिरौड र डिभोक ओरिगीले १/१ गोल गरे ।
पहिलो हाफमा ३-१ गोलको अग्रता बनाएको पाहुना टोली सासुलोले दोस्रो हाफमा थप २ गोल गर्दा १ गोल ब्यहोरेको थियो ।
उक्त हारसँगै मिलानले दोस्रो स्थानमा उक्लिने अवासर गुमाएको छ । उसको २० खेलबाट ३८ अंकसहित तालिकाको चौथो स्थानमा यथावत रहेको छ । यता विजयी सासुलोको भने समान खेलबाट २० अंकसहित अंक तालिकाको १६औं स्थानमा उक्लिएको छ ।



