काठमाडौं । भारतले पहिलो संस्करणको महिला यू-१९ टी२० विश्वकपको उपाधी जितेको छ ।
दक्षिण अफ्रिकामा भएको पहिलो संस्करणमा भारतले इंग्ल्याण्डलाई ७ विकेटले हराउँदै च्याम्पियन बनेको हो ।
सेनविस पार्कमा इंग्ल्याण्डले दिएको ६८ रनको लक्ष्य भारतले १४ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।
भारतको जितमा बनाउँदा गोन्गाडी त्रिशा २४ रनमा आउट हुँदा सौम्य तिवारीले अविजित २४ रन बनाईन् । कप्तान शफाली बर्मा १५ रनमा आउट हुँदा श्वता सेरावतीले ५ रन बनाईन् ।
यता इंग्ल्याण्डका हन्ना वाखिर,एलेक्स स्टोनहाउस र ग्रिस एभेन्सनले समान १र१ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले १७.१ ओभरमा अलआउट हुँदै ६८ रन बनाएको थियो ।
इंग्ल्याण्डका लागि रायना म्याकडोनाल्ड १९ रनमा आउट हुँदा एलेक्स स्टोनहाउस र सोफि स्मालीले समान ११ रन बनाईन् ।
नियमच होल्याण्डले १० रन बनाउँदा इंग्ल्याण्डका अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
भारतका लागि प्रशिभि चोपडा, टिटास सन्धु र अर्चना देवीले समान २/२ तथा मनत काश्यप,सोनम यादव र कप्तान शफाली बर्माले समान १/१ विकेट लिईन् ।



