काठमाडौँ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत रियल म्याड्रिड बराबरीमा रोकिएको छ ।
आइतबार राति भएको खेलमा रियल म्याड्रिड रियल सोसियडाडसँग गोल रहित बराबरीमा रोकिएको हो ।
उक्त बराबरीसँगै रियल म्याड्रिडलाई उपाधिको दौडमा धक्का लागेको छ । त्यस्तै यसको फाइदा भने बार्सिलोनालाई भएको छ ।
जारी सिजन रियल म्याड्रिडको १८ खेलमा ४२ अंक भएको छ र शिर्ष स्थानमा रहेको बार्सिलोनाभन्दा ५ स्पष्ट अंकले पछाडी परेको छ ।
त्यस्तै यता रियल सोसियडाडको १९ खेलमा ३९ अंक भएको छ र लिगमा तेस्रो स्थानमा रहेको छ ।



