शुक्रबार, श्रावण २९ गते २०८३
images
images

पीएसजी बराबरीमा रोकियो

एक्सप्रेस पाना
माघ १६, २०७९ सोमबार
  • 199
    SHARES
  • पीएसजी बराबरीमा रोकियो

    काठमाडौं । फ्रेन्च लिग वान फुटबल अन्तर्गत १० खेलाडीमा सीमित पेरिस सेन्ट जर्मेन पीएसजीले रेइम्ससँग अंक बाडेको छ ।  गएराति भएको खेलमा पीएसजीले रेइम्ससँग १-१ गोलको बराबरी खेलेको हो ।

    images

    फोलारिन बालोगुनले रेइम्सका लागि इन्जुरी समयमा गोल गरेपछि पीएसजीले अंक बाडेको हो ।

    त्यसअघि खेलको ५१औँ मिनेटमा नेयमारले गोल गर्दै पीएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर ५९औँ मिनेटमा मार्को भेराटीले रातो कार्ड खाँदै मैदान बाहिरिएपछि पीएसजी १० खेलाडीमा सीमित भएको थियो ।

    images

    त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा रेइम्सका बालोगुनले गोल गरेपछि खेल बराबरीमा टुंगिएको थियो ।

    उक्त बराबरीसँगै पीएसजीले २० खेलबाट ४८ अंक जोड्दा दोस्रो स्थानको लेन्सको ४५ अंक छ । रेइम्स भने २६ अंकसहित ११औँ स्थानमा रहेको छ ।

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # फ्रेन्च लिग वान