शुक्रबार, श्रावण २९ गते २०८३
images
images

लिभरपुल एफए कपबाट बाहिरियो

एक्सप्रेस पाना
माघ १६, २०७९ सोमबार
  • 240
    SHARES
  • लिभरपुल एफए कपबाट बाहिरियो

    काठमाडौं । लिभरपुल इंग्लिस नकआउट फुटबल प्रतियोगिता एफए कपबाट बाहिरिएको छ । आइतबार राति भएको चौथो चरणको खेलमा लिभरपुल ब्राइटनसँग २-१ गोल अन्तरले पराजित भएसँगै एफए कपबाट बाहिरिएको हो ।

    images

    ब्राइटनको जितमा लेविस डंक र कओरु मिटोमाले १/१ गोल गरे । मिटोमाले खेलको ९० मिनेटपछिको अतिरिक्त समयमा गोल गर्दै लिभरपुललाई स्तब्ध पारेका थिए । त्यस्तै लिभरपुलका लागि हार्भी एलीओटले १ गोल गरेका थिए ।

    लिभरपुल एफए कपको डिफेन्डिङ च्याम्पियन थियो । जितपछि ब्राइटन एफए कपको पाँचौं चरणमा प्रवेश गरेको छ । खेलमा १-० गोलले पछि परेको ब्राइटनले पुनरागमन गरेको हो । 

    images

  • सम्बन्धित विषय:

  • # फुटबल