काठमाडौं । इटालियन सिरी ए फुटबल अन्तर्गत शीर्ष स्थानको नापोलीले जित रोमाञ्चक जित निकालेको छ ।
आइतबार राति भएको खेलमा नापोलीले एस रोमालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
नापोलीको जितमा भिक्टर ओसिम्हेन र जियोभानी सिमवनले १/१ गोल गरे । यता रोमाका स्टेफान एल शारव्यले १ गोल फर्काए ।
खेलको १७औं मिनेटमा भिक्टरले गोल गर्दै नापोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर खेलको ७५औं मिनेटमा स्टेफानले गोल गर्दै रोमालाई १-१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलको ८६ औं मिनेटमा जियोभानीले गोल गर्दै नापोलीलाई २-१ को जित दिलाए ।
जितसँगै नापोलीले २० खेलमा ५३ अंक जोडेर दोस्रो स्थानको इन्टर मिलान भन्दा १३ अंकले अघि रहेको छ । यता पराजित रोमा ३७ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।



