शुक्रबार, श्रावण २९ गते २०८३
images
images

कोपा डेल रेको सेमिफाइनलमा बार्सिलोना र रियल म्याड्रिड भिड्ने

एक्सप्रेस पाना
माघ १६, २०७९ सोमबार
  • 244
    SHARES
  • कोपा डेल रेको सेमिफाइनलमा बार्सिलोना र रियल म्याड्रिड भिड्ने

    काठमाडौँ । बार्सिलोना र रियल म्याड्रिड कोपा डेल रेको सेमिफाइनलमा एक अर्काविरुद्ध खेल्ने भएका छन् । 

    images

    सोमबार भएको सेमिफाइनलको ड्र मा बार्सिलोनाले रियल म्याड्रिड प्रतिद्वन्दी पाएको हो । 

    अब कोपा डेल रे को सेमिफाइनल यस सिजनको तेस्रो एल क्लासिको हुने भएको छ । यस सिजनको शुरुमा अक्टोबरमा ला लिग अन्तर्गतको खेलमा रियल म्याड्रिडले बार्सिलोनालाई ३-१ गोल अन्तरले पराजित गरेको थियो भने बार्सिलोनाले त्यसको बदला लिदै रियादमा सम्पन्न स्पेनिस सुपर कपको फाइनलमा रियल म्याड्रिडलाई ३-१ गोल अन्तरले नै पराजित गरेको थियो । 

    images

    अब सेमिफाइनलको पहिलो लिग मार्च १ मा रियलको घरेलु मैदानमा हुने छ भने दोस्रो लिग अप्रिल पहिलो साता क्याम्प नेउमा हुने छ । 

    त्यस्तै कोपाको अर्को सेमिफाइनलमा भने एथलेटिक कल्ब र ओसासुनाले प्रतिष्पर्धा गर्ने भएका छन् । 
       

  • सम्बन्धित विषय:

  • # फुटबल