शुक्रबार, श्रावण २९ गते २०८३
images
images

गुलशनले यू-१९ राष्ट्रिय टिमको कप्तानी गर्ने

एक्सप्रेस पाना
माघ १८, २०७९ बुधबार
  • 207
    SHARES
  • गुलशनले यू-१९ राष्ट्रिय टिमको कप्तानी गर्ने

    १८ माघ, काठमाडौँ । १३ बुँदे निर्णय पारित गरेर नेपाल क्रिकेट सङ्घ (क्यान) को बोर्ड बैठक सकिएको छ । सात जना केन्द्रीय सदस्यको बहिष्कार र तनावकाबीच हिजो र आज पोखरामा बसेको बोर्ड बैठकले विभिन्न १३ वटा निर्णय गरेको हो ।

    images

    बैठकले १९ वर्षमुनिको राष्ट्रिय टिमको कप्तानमा गुलशन झालाई चयन गरेको छ । यस्तै अनुशासन उल्लङ्घनको कारबाहीमा परेका सन्दीप लामिछानेको निलम्बन पनि फुकुवा भएको छ । बैठकले कार्यवाहक सचिवबाट प्रशान्तविक्रम मल्लले दिएको राजीनामा स्वीकृत गरेर दुर्गाराज पाठकलाई नयाँ कार्यवाहक सचिवमा नियुक्त गरेको छ ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट