काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ एसियाली फुटबल महासंघ (एएफसी)को कार्यसमिति सदस्यमा निर्वाचित भएका छन् ।
बहराइनमा आज बुधबार भएको एएफसीको ३३औं चुनावी कंग्रेसबाट नेम्वाङ कार्यसमिति सदस्यमा निर्वाचित भएका हुन् ।
नेम्वाङ साउथ जोनबाट चार वर्षे कार्यकालका लागि कार्यसमिति सदस्य निर्वाचित भएका हुन् । साउथ जोनबाट माल्दिभ्सका बसम अदेल जालील समेत कार्यसमितिमा निर्वाचित भएका हुन् ।
एएफसीको अध्यक्षमा पुनस् शेख सलमान विन अब्राहिम अल खालिफा निर्वाचित भएका छन् ।
शेख सलमान चार वर्षे नयाँ कार्यकालका लागि निर्वाचित भएका हुन् । बहराइनका शेख सलमान तेस्रो कार्यकालका लागि एएफसीको अध्यक्ष निर्वाचित भएका हुन् ।



