शुक्रबार, श्रावण २९ गते २०८३
images
images

युनाइटेड फाइनलमा

एक्सप्रेस पाना
माघ १९, २०७९ बिहीबार
  • 182
    SHARES
  • युनाइटेड फाइनलमा

    काठमाडौं । म्यानचेस्टर युनाइटेड इंग्लिस काराबाओ कप फुटबलको फाइनलमा प्रवेश गरेको छ

    images

    बुधबार राति भएको दोस्रो सेमिफाइनलमा नटिङघम फरेस्टमाथी २-० गोलको सहज जित निकाल्यो । गत साता सम्पन्न पहिलो लेगमा युनाइटेडले ३-० को जित हात पारेको थियो ।

    युनाइटेडले समग्रमा ५-० को जितसहित फाइनलमा स्थान बनाएको हो । ७३औं मिनेटमा एन्थोनी मार्सियालको गोलमा युनाइटेडले अग्रता लिएको थियो । त्यसको तीन मिनेटपछि नै फ्रेडले युनाइटेडको अग्रता दोब्बर पारेका थिए ।

    images

    मंगलबार न्युक्यासल साउथहमटनमाथि २-१ को जितसहित फाइनलमा प्रवेश गरेको थियो । सेमिफाइनल पहिलो लेगमा १-० को जित निकालेको न्युक्यासल समग्रमा ३-१ को जितसहित फाइनल प्रवेश गरेको थियो ।

    फेर्बुअरी २६ मा हुने फाइनल जितेमा युनाइटेडले लामो समयदेखीको उपाधि खडेरी तोड्नेछ । 

  • सम्बन्धित विषय:

  • # फुटबल