शुक्रबार, भाद्र २६ गते २०८३
images

अभिनेत्री जेविका कार्कीले गरिन इंगेजमेन्ट

एक्सप्रेस पाना
माघ १९, २०७९ बिहीबार
  • 261
    SHARES
  • अभिनेत्री जेविका कार्कीले गरिन इंगेजमेन्ट

    काठमाडौँ । अभिनेत्री तथा मोडल जेविका कार्कीले चलचित्रका निर्माण नियन्त्रक मनोज जोशीबीच बुधबार टीकाटालो गरेकी छन् ।

    images

    कार्कीले पेप्सीकोलास्थित आफ्नै घरमा आफन्त र नजिकका साथीभाइको उपस्थितिमा जोशीसँग टीकाटालो गरेकी हुन् । चार वर्षदेखिको प्रेम सम्बन्धलाई उनीहरूले विवाहमा परिणत गर्न लागेका हुन् । उनीहरूले आगामी फागुन ४ गते विवाह गर्ने र ७ गते रिसेप्सन पार्टीको आयोजना गरेका छन् ।

    कार्कीले ‘जयश्री दाम’, ‘कारखाना’, ‘पर्व’ र ‘जन्मभूमि’जस्ता फिल्ममा काम गरिसकेकी छन् भने उनको पछिल्लो फिल्म ‘हिजोआजका कुरा’ थियो ।

    images