शनिबार, श्रावण ३० गते २०८३
images
images

अन्जन र किरण आबद्द टिमले अंक बाँडे

एक्सप्रेस पाना
माघ १९, २०७९ बिहीबार
  • 239
    SHARES
  • अन्जन र किरण आबद्द टिमले अंक बाँडे

    काठमाडौं । बुधबार राति भएको भारतको आई लिग फुटबल अन्तर्गत मुम्बई केन्क्रे एफसी र पन्जाब एफसीले बराबरी खेल्दै अंक बाडेका छन् ।

    images

    केन्क्रेमा नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड अन्जन विष्ट र पन्जाबमा नेपाली राष्ट्रिय टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङ आबद्द छन् । केन्क्रे र पन्जाबले ३-३ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् । 

    रोमान्चक खेलमा केन्क्रेका लागि रञ्‍जित पान्द्रेले दुई गोल गरे । अमन गायकवाडको नाममा एक गोल रह्यो । यता पन्जाबका चेन्जो ग्याल्जेन, नोचा सिंह र लुका मज्चेनले समान एक गोल गरे ।

    images

    यस्तै खेलको ५३औं मिनेटमा सुरज जित सिंह नेगीले रातो कार्ड पाएपछि केन्क्रे १० खेलाडीमा समेटिएको थियो ।

    उक्त बराबरीसँगै पन्जाबले १४ खेलमा ३० अंक जोडेर पन्जाब शीर्ष स्थानमा रहेको छ भने केन्क्रे १४ अंक जोडेर ११औं स्थानमा रहेको छ ।

  • सम्बन्धित विषय:

  • # फुटबल