शनिबार, श्रावण ३० गते २०८३
images
images

फ्रेन्च लिग वान : पिएसजीको जित

एक्सप्रेस पाना
माघ १९, २०७९ बिहीबार
  • 220
    SHARES
  • फ्रेन्च लिग वान : पिएसजीको जित

    काठमाडौँ । फ्रेन्च लिग वान फुटबल अन्तर्गत पिएसजीले मोन्टपेल्लीएरलाई पराजित गरेको छ । 

    images

    बुधबार राति भएको खेलमा पिएसजीले मोन्टपेल्लीएरलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

    पिएसजीको जितमा फाबियन रुइज, लियोनल मेस्सी र वारेन जैर एमेरीले समान एक गोल गरे । यता त्यस्तै मोन्टपिल्लीएरका लागि अर्नाउड नोर्दीनले एक गोल गरेका थिए ।

    images

    यस खेलमा किलियन एम्बाप्पेले दुई पेनाल्टी मिस गरेका थिए । उनले खेलको आठौ र १०औं मिनेटमा पेनाल्टी मिस गरेका थिए । त्यस्तै एम्बाप्पे यस खेलमा घाइते भएपछि खेलको २१औँ मिनेटमा नै मैदान छोडेका थिए ।

    उक्त जितसँगै पिएसजीको २१ खेलमा ५१ अंक भएको छ र लिगमा शीर्ष स्थानमा रहेको छ । त्यस्तै पराजित मोन्टपिल्लीएरको भने २१ खेलमा २० अंक छ र लिगमा १४औ स्थानमा रहेको छ ।

  • सम्बन्धित विषय:

  • # फुटबल