शुक्रबार, भाद्र २६ गते २०८३
images

अर्घाखाँचीमा गायक पंगेनीले महोत्सवमा दर्शककाे मन जित्दै

एक्सप्रेस पाना
माघ १९, २०७९ बिहीबार
  • 226
    SHARES
  • अर्घाखाँचीमा गायक पंगेनीले  महोत्सवमा दर्शककाे मन जित्दै

    अर्घाखाँची । चर्चित गायक बद्री पंगेनीले अर्घाखाँची महोत्सवमा दर्शकदेखि बुढी आमालाई रुवाएका छन् । देशमा रोजगार सृजना नहुँदा हजारौं युवा विदेशीएका छन् । ती युवायुवतीलाई समेटेर गाएको गीत ‘बिदा पाउँदिन’, ‘अहिलेको सालमा आमा घर आउन पाउँदिन’ यस्तै गीत गाउँदा स्थानीय आमाहरुले गह भरि आँसु झारे र रोए ।

    images

    ‘नेपाली युवाले पेट पाल्न विदेशी भूमिमा रगत र पसिना बगाउन नपरोस’ गायक पंगेनीले आफ्नो मनको इच्छा सुनाए । कसैका छोराछोरी बाबुआमासँग बिछोड हुन नपरोस् भनेर आँसु खसालेका आमाहरुलाई सम्झाए पनि सधै भरी नेताहरुले भाषण धेरै काम थोरै गर्ने गरेको पनि उनले बताए ।

    अर्घाखाँचीको मुख्य सडक गोरुसिङ्गे सन्धिखर्क सडक यात्रा गर्दा निकै जोखिम भएकाले अझै पनि जनताले भनेको भएको छैन् भन्दै गित गाउँदै पंगेनीले अर्घाखाँचीबाट प्रतिनिधि सभा सदस्यमा निर्वार्चित टोपबहादुर रायमाझीलाई सडक सुधारमा लाग्न आग्रह गरे ।

    images

    दर्शकको माग बमोजिमका बुधबार पानी सलल, चप्पल छिनियो, ससुरालीमा, पन्चेबाजा लगायतका गीत गाएर दर्शकलाई करिब २ घण्टा मनोरन्जन दिएका पंगेनीको साथमा दर्शक छमछमी नाचेका थिए ।

    पंगेनीले थुप्रै सांगीतिक क्रान्ति गरेका छन् पि एन क्याम्पस¸ ब्युटी नमबर वान¸ फोटो फिर्ता लेउ¸ मेरो माया लाग्छ लाग्दैन¸ जिम्माल बाउको छोरीले ज्यान खायो¸ लाउ चेली सिन्दुर लाउ¸ अझै नि लोकतन्त्र आको छैन है, हात हेरैंदालगायतका गीतका सर्जक हुन् पंगेनी ।

    यस्तै, उक्त महोत्सवमा गायक सपना गहा, विजय सुनाम लगायतले पनि प्रस्तुति दिएका थिए । अर्घाखाँची उद्योग वाणिज्य संघ र अर्घाखाँची चेम्बर अफ कमर्सको संयुक्त आयोजनामा ‘कृषि, पर्यटन, उद्योग र व्यपार समृद्ध र सुखी अर्घाखाँची निर्माणको आधार’ भन्ने नाराका साथ माघ ११ देखि सुरु भएको अर्घाखाँची पाँचै महोत्सव २४ गतेसम्म चल्ने छ ।