शुक्रबार, श्रावण २९ गते २०८३
images
images

अर्जेन्टिनी मिडफिल्डर एन्जो चेल्सीमा अनुबन्ध

एक्सप्रेस पाना
माघ १९, २०७९ बिहीबार
  • 224
    SHARES
  • अर्जेन्टिनी मिडफिल्डर एन्जो चेल्सीमा अनुबन्ध

    काठमाडौं । अर्जेन्टिनी मिडफिल्डर एन्जो फर्नान्डेजलाई इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले कीर्तिमानी मुल्य १०७ मिलियन पाउन्डमा अनुबन्ध गरेको छ ।

    images

    चेल्सीले सेन्टर मिडफिल्डर एन्जोलाई पोर्चुगिज क्लब बेन्फिकाबाट कीर्तिमानी अनुबन्ध गरेको हो । विश्वकप विजेता एन्जोले चेल्सीसँग ९ वर्षको सम्झौता गरेका छन् ।

    २२ वर्षीय मिडफिल्डरका लागि चेल्सीले खर्चिएको यस रकम बेलायती क्लबमा कीर्तिमानी रकम हो । यसअघि म्यानचेस्टर सिटीले २०२१ मा ज्याक ग्रेलिसलाई एस्टन भिल्लाबाट कीर्तिमानी १०० मिलियन पाउन्डमा अनुबन्ध गरेको थियो ।

    images

     

  • सम्बन्धित विषय:

  • # फुटबल