काठमाडौं । युभेन्टस इटालियन नकआउट फुटबल प्रतियोगिता कोपा इटालीको सेमिफाइनल प्रवेश गरेको छ ।
शुक्रबार बिहान घरेलु मैदानमा सम्पन्न खेलमा लाजियोलाई १-० गोलले हराउँदै युभेन्टस सेमिफाइनल प्रवेश गरेको हो ।
युभेन्टसको जितमा ग्लिसनले ४४औं गरेको एक मात्र गोल नै निर्णायक बन्यो ।
उक्त जितसँगै युभेन्टसले अब फाइनल प्रवेशको लागि इन्टर मिलानसँग खेल्नेछ । पहिलो लेग ५ अप्रिलमा र दोस्रो लेग २६ अप्रिलमा हुनेछ ।



