काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा साविकको विजेता रियल म्याड्रिडले भ्यालेन्सियालाई पराजित गरेको छ ।
शुक्रबार बिहान सम्पन्न भएको खेलमा रियलले भ्यालेन्सियामाथि २-० गोलको सहज जितो निकालेको हो ।
घरेलु टोली रियलको जितमा मार्को एसेन्सियो र भिनियस जुनियरले समान १/१ गोल गरे । उक्त दुबई गोल दोस्रो हाफमा सम्भव भएको थियो ।
प्रतिस्पर्धात्मक बनेको पहिलो हाफको खेलको थप समयको तेस्रो मिनेटमा रियलका लागि एन्टोनियो रुडिगेरले गोल गरेता पनि उक्त गोलले मान्यता नपाउँदा पहिलो बराबरीमा चित्तबुझाउनु पर्यो ।
तर दोस्रो हाफको खेलको ५२औं मिनेटमा कप्तान करिम बेन्जेमाको पासमा एसेन्सियोलो सुन्दर गोल गरि रियललाई सुरुवाती अग्रता दिलाए ।
त्यस्तै उक्त गोल गरेको दुई मिनेट पछि भिनियसले गोल गरि रियललाई २-० गोलको आरामदायी अग्रता दिलाए ।
खेलको ७२औं मिनेटमा पाहुना टोली भ्यालेन्सिया १० खेलाडी समेटियो । उसका डिफेन्स गेब्रियलले रातो कार्ड ब्यहोर्दै मैदान छाड्नु पर्यो ।
त्यसपछि खेलमा बाँकी समय थप गोल नहुँदा रियल २-० गोलले विजयी भयो । उक्त जितसँगै रियलले महत्त्वपूर्ण ३ अंक जोडेको छ । जारी सिजन १९ खेलबाट १४ जित, ३ बराबरी र २ खेल हारेको रियल ४५ अंकसहित दोस्रो स्थानमा रहेको छ । जुन शीर्ष स्थानको बार्सिलोना भन्दा ५ अंक कम हो । यता पराजित भ्यालेन्सियाको भने समान खेलबाट २० अंकसहित १४औं स्थानमा रहेको छ ।



