शुक्रबार, श्रावण २९ गते २०८३
images
images

यू-२० महिला साफ : नेपालले आज बंगलादेशको सामना गर्दै

एक्सप्रेस पाना
माघ २०, २०७९ शुक्रबार
  • 221
    SHARES
  • यू-२० महिला साफ : नेपालले आज बंगलादेशको सामना गर्दै

    काठमाडौं । बंगलादेशमा आयोजना हुने साफ यू-२० महिला साफ च्याम्पियनसिप आज शुक्रबारबाट ढाकामा सुरु हुँदैछ ।

    images

    ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपालले आज आफ्नो पहिलो खेलमा आयोजक बंगलादेशविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्दैछ । नेपाल र बंगलादेशबीचको खेल नेपाली समय अनुसार साँझ ६:४५ बजे सुरु हुनेछ ।

    प्रतियोगिताको उट्घाटन खेलमा भने भारत र भुटानबीच प्रतिस्पर्धा हुनेछ ।

    images

    बंगलादेशविरुद्ध मैदान उत्रदा नेपाल सुखद सुरुवाको योजनामा हुनेछ । नेपाली टोलीका मुख्य प्रशिक्षक यम गुरुङले पहिलो खेलमा टिम उत्कृष्ट प्रदर्शनका लागि तयार भएको बताईसकेका छन् ।

    नेपालले प्रिती राईको कप्तानीमा प्रतियोगिता खेल्दैछ । अनुभवी प्रिती सिनियर राष्ट्रिय टोलीका सदस्य समेत हुन् ।

    प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् । नेपालले दोस्रो खेलमा आइतबार भुटानसँग खेल्नेछ । यस्तै अन्तिम खेलमा मंगलबार भारतसँग खेल्नेछ ।

  • सम्बन्धित विषय:

  • # फुटबल