शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एम्बाप्पे तीन साता मैदान बाहिर

एक्सप्रेस पाना
माघ २०, २०७९ शुक्रबार
  • 241
    SHARES
  • एम्बाप्पे तीन साता मैदान बाहिर

    काठमाडौँ । फ्रेन्च फवारर्ड किलियन एम्बाप्पे घाइते हुँदा कम्तिमा तीन साता मैदानबाट बाहिर हुने भएका छन् ।

    images

    पिएसजीको पछिल्लो मोन्टपेल्लीएरविरुद्धको खेलमा एम्बाप्पे घाइते भएपछि २१औं मिनेटमा नै मैदान छोडेका थिए ।

    पिएसजीले एम्बाप्पे कम्तिमा तीन साता मैदान बाहिर रहने जानकारी दिएको छ । 

    images

    योसँगै एम्बाप्पे फेब्रुअरी १४ मा हुने च्याम्पियन्स लिग अन्तर्गतको राउण्ड १६ को पहिलो लिगमा बायर्न म्युनिखविरुद्ध खेल्न नसक्ने भएका छन् । यसलाई पिएसजीओ लागि ठुलो झट्काको रुपमा हेरिएको छ ।

    एम्बाप्पेले यस सिजनमा पिएसजीका लागि २६ खेलमा २५ गोल गरेका छन् ।   

  • सम्बन्धित विषय:

  • # फुटबल