शुक्रबार, भाद्र २६ गते २०८३
images

राष्ट्रव्यापी लोकगीत प्रतियोगितामा होसियार खबरदार बोलको गीत प्रथम

एक्सप्रेस पाना
माघ २०, २०७९ शुक्रबार
  • 260
    SHARES
  • राष्ट्रव्यापी लोकगीत प्रतियोगितामा होसियार खबरदार बोलको गीत प्रथम

    काठमाडौँ । भ्रष्टाचार नियन्त्रण, सुशासन र सदाचार सम्बन्धी सचेतनामूलक राष्ट्रव्यापी लोकगीत प्रतियोगितामा होसियार खबरदार बोलको गीत प्रथम भएको छ ।

    images

    अख्तियार दुरुपयोग अनुसन्धान  आयोगको ३२ औँ स्थापना दिवसको अवसरमा आज रेडियो नेपालमा आयोजित प्रतियोगितामा रामजी थापा (रोचक)को शब्द रचना रहेको होसियार खबरदार बोलको गीतले प्रथम स्थान हासिल गरेको हो ।

    उक्त गीत भानुभक्त ओली, पासाङ डोमा शेर्पा, अन्जु गौतम, केशब अधिकारी र लिलाबहादुर श्रेष्ठले गाउनुभएको थियो । त्यस्तै, खड्ग गन्धर्वको शब्द रचना रहेको भ्रष्टाचार नियन्त्रण सुशासन बोलको गीतले द्वितीय स्थान हासिल गरेको छ । गीतमा करुणा गन्धर्व र स्मृति शाहीले स्वर दिनुभएको थियो ।

    images

    प्रतियोगितामा गोरखाका निश्चल गुरुङ तृतीय  र इलामका टेकनाथ दियाली सान्त्वना हुनुभएको छ । प्रतियोगितामा प्रथम हुनेलाई १ लाख रुपैयाँ, द्वितीयलाई ५० हजार, तृतीयलाई  २५ हजार र सान्त्वना हुनेलाई १० हजार नगद तथा प्रमाणपत्र प्रदान गरिएको छ ।

    प्रतियोगितामा मूलकभरबाट सहभागी ७६ जना  प्रतियोगीहरू मध्यबाट १५ जना छनौट गरी उनीहरुबीच आज रेडिया नेपालको प्राङ्गणमा प्रत्यक्ष प्रतिस्पर्धा गरिएको हो ।