काठमाडौं । हिजोबाट सुरु भएको साफ यू-२० महिला च्याम्पियनसिप फुटबलको पहिलो खेलमा नेपाल पराजित भएको छ।
नेपाल आयोजक बंगलादेशसँग ३-१ गोल अन्तरले पराजित भएको हो ।
घरेलु टोली बंगलादेशको जितमा मस्ट अक्लिमा खातुन, शम्सुनाहर र शाहिदा अक्तर रिपाले गोल गरे । नेपालका लागि मनमाया दमाइले गोल गरिन् ।
ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा खातुनको गोलबाट तेस्रो मिनेटमै बंगलादेशले सुरुवाती अग्रता बनाएको थियो ।
त्यस्तै खेलको १३ औं मिनेटमा रिपाले गोल गर्दै बंगलादेशलाई २-० को अग्रता दिलाईन् ।
खेलको २४ औं मिनेटमा नेपालकी मनमायाले गोल गरेपछि खेल २-१ को स्थितिमा रह्यो । त्यसपछि खेलको इन्जुरी समयमा रिपाले गोल गर्दा बंगलादेश ३-१ ले विजयी भयो ।
उक्त जितसँगै बंगलादेशले पहिलो खेलमै ३ अंक जोडेको छ भने नेपालले नेपाल हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।
प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता रहेको छ ।
राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् । अब नेपालले दोस्रो खेलमा आइतबार भुटानसँग खेल्नेछ । यस्तै अन्तिम खेलमा मंगलबार भारतसँग खेल्नेछ ।



