शनिबार, श्रावण ३० गते २०८३
images
images

प्रारम्भिक टोलीमा ३३ खेलाडी

एक्सप्रेस पाना
माघ २१, २०७९ शनिबार
  • 234
    SHARES
  • प्रारम्भिक टोलीमा ३३ खेलाडी

    काठमाडौं । भारतविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय महिला टोलीको प्रारम्भिक टोली ३३ खेलाडी समाबेश गरिएको छ ।

    images

    मुख्य प्रशिक्षक अनन्तराज थापाले बन्द प्रशिक्षणमा बोलाइएका ४३ मध्ये १० खेलाडीलाई बाहिर राख्दै ३३ खेलाडी छनोट गरेका छन् ।

    फेब्रुअरीमा भारतले नेपाललाई मैत्रीपूर्ण खेलको आयोजना गर्नेछ । मैत्रीपूर्ण खेलको तयारीका लागि राष्ट्रिय टोलीले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्रशिक्षण गरिरहेको छ ।

    images

    प्रारम्भिक टोली
    गोलकिपरः अन्जिल तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ, सपना राई

    डिफेन्डरः हिरा कुमारी भुजेल, घिमकुमारी गुरुङ, गंगा गुरुङ, अमृता जैशी, गीता राणा, निशा ठोकर, विमला विक, समीक्षा घिमिरे, अञ्जली वाइबा, सिर्जना चेम्जोङ

    मिडफिल्डरः विमला चौधरी, मञ्जली कुमारी योञ्जन, सविता राना मगर, सरु लिम्बु, सरस्वती हमाल, दीपा शाही, रेणुका नगरकोटे, सरस्वती ऐयर, अनिता बस्नेत, दीपा न्यौपाने, अनिता केसी।

    फरवार्डः अमिषा कार्की, रेखा पौडेल, सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, रजनी थोकर, निर्मला विक, चन्द्र भण्डारी, प्रीति राई

  • सम्बन्धित विषय:

  • # फुटबल