काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनल पराजित भएको छ ।
शनिबार भएको खेलमा आर्सनल घरेलु टोली एभर्टनसँग १-० गोलले स्तब्ध भएको हो ।
एभर्टनको जितमा टार्कोव्स्कीले निर्णयक गोल गरे । उनले खेलको ६१औं मिनेटमा गोल गरेका थिए । त्यसपछि बाँकी समय थप गोल नहुँदा एभर्टन विजयी भयो ।
यो सँगै आर्सनलले जारी सिजनमा दोस्रो हार ब्यहोरेको छ । यसअघि छौटौं साताको खेलमा म्यान्चेस्टर युनाइटेडसँग ३-१ गोलले पराजित भएको थियो ।
उक्त हारसँगै पनि आर्सनलले शीर्ष स्थानमै रहेको छ । उसको २० खेदबाट ५० अंक रहेको छ । जुन दोस्रो स्थानको म्यान्चेस्टर सिटीको भन्दा ५ अंक बढि हो । यता विजयी एभर्टनले भने २१ खेलबाट १८ अंकसहित १७औं स्थानमा उक्लिएको छ ।



