शनिबार, श्रावण ३० गते २०८३
images
images

उल्भ्ससँग लिभरपुलको लजस्पद हार

एक्सप्रेस पाना
माघ २२, २०७९ आइतबार
  • 200
    SHARES
  • उल्भ्ससँग लिभरपुलको लजस्पद हार

    काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत उल्भ्ससँग लिभरपुल पराजित भएको छ ।

    images

    शनिबार राति भएको खेलमा उल्भ्सले लिभरपुललाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

    उल्भ्सको जितमा क्रेग डावसन र रुबेन नेभेजले गोल गरेका थिए भने एक गोल लिभरपुलका जोएल माटिपले आत्मघाती गोल गरेका थिए ।

    images

    यस सिजनमा लिभरपुलले आफ्नो खराब प्रदर्शनलाई निरन्तरता दिदै योसहित सातौ हार बेहोरेको छ । जारी सिजन लिभरपुलले २० खेलमा ८ जित ५  बराबरी र ७ हारसहित २९ अंक बटुलेको छ र लिगमा १०औं स्थानमा झरेको छ ।

    यता उल्भ्सको २१ खेलमा २० अंक भएको छ र लिगमा १५औं स्थानमा उक्लिएको छ ।

  • सम्बन्धित विषय:

  • # फुटबल