शुक्रबार, श्रावण २९ गते २०८३
images
images

नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्दै

एक्सप्रेस पाना
माघ २२, २०७९ आइतबार
  • 205
    SHARES
  • नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्दै

    काठमाडौं । बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्दैछ ।

    images

    ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपाल र भुटानबीचको खेल दिउँसो ३:१५ बजेदेखि सुरु हुने छ ।

    आफ्नो पहिलो खेलमा घरेलु टोली बंगलादेशसँग पराजित भएको नेपाल आज पहिलो जित निकाल्ने लक्ष्यमा हुने छ । पहिलो खेलमा नेपाल बंगलादेशसँग ३-१ गोल अन्तरले पराजित भएको थियो ।

    images

    उता, भुटान भने आफ्नो पहिलो खेलमा भारतसँग १२-० को हार व्यहोर्न बाध्य बनेको थियो ।   

  • सम्बन्धित विषय:

  • # फुटबल