शुक्रबार, भाद्र २६ गते २०८३
images

पवन ओलीको गीत ‘डाली लपक्कै’ सार्वजनिक

एक्सप्रेस पाना
माघ २२, २०७९ आइतबार
  • 412
    SHARES
  • पवन ओलीको गीत ‘डाली लपक्कै’ सार्वजनिक

    २२ माघ, काठमाडौँ । अमेरिका बसेरै दोहोरी क्षेत्रमा निरन्तर रूपमा सक्रिय रहेका पवन ओलीको नयाँ गीत ‘डाली लपक्कै’ सार्वजनिक भएको छ।

    images

    ओलीकै शब्द संगीत, ओली र गायिका शान्ति श्री परियारको स्वर रहेको डाली लपक्कै गीत सार्वजनिक भएको हो । गीतलाई आशिष अविरलले एरेन्ज गरेका छन् । मौसम हिमालीको कोरियोग्राफी र निर्देशन रहेको गीतको म्युजिक भिडियोमा पुष्प खड्का र गरिमा शर्माले अभिनय प्रस्तुत गरेका छन् ।

    सार्वजनिक गीतलाई निकै सुन्दर तरिकाले निर्माण गरिएको छ । लोक शैलीको गीतलाई नवराज उप्रेतीले खिचेका हुन् । गीतको भिडियोमा बिमला तामाङको मेकअप र मिलन विश्वकर्माको सम्पादन रहेको छ ।

    images

    ओलीका यस अघिका बुटुवल बसपार्क, धानै कुट्ने ढिकी, माछी बस्यो र खोलिमा पानी लगायतका गीतहरु चर्चित रहेका छन्।