शनिबार, श्रावण ३० गते २०८३
images
images

टोटेनहमले सिटीलाई हरायो 

एक्सप्रेस पाना
माघ २३, २०७९ सोमबार
  • 240
    SHARES
  • टोटेनहमले सिटीलाई हरायो 

    काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी टोटेनहम हट्स्परसँग पराजित भएको छ ।

    images

    दोस्रो स्थानमा रहेको सिटी टोटेनहमसँग १–० गोल अन्तरले पराजित भएको हो । 

    टोटेनहमलाई जिताउन १ मात्र गोल हेरि केनले गरेका थिए । उनले १५ औं मिनेटमा पेरि होजवर्गको पासमा गोल गर्दै अग्रता दिलाए ।

    images

    सुरुमै १ गोलले पछि परेको सिटीले खेल अवधिभर फर्काउने प्रयासमा सफल भएन ।

    ८७ औं मिनेटमा टोटेनहमका क्रिष्टियन रोमेरो दोहोरो पहेँलो कार्ड रातो कार्ड पाउँदै मैदान छाडेपछि अन्तिम केही मिनेट १० खेलाडीमा झरे पनि त्यसको फाइदा सिटीले उठाउन सकेन ।

    उक्त जितसँगै टोटेनहम २२ खेलबाट ३९ अंक जोड्दौ तालिकाको ५ औं स्थानमा रहेको छ । यता पराजित भएपछि सिटीले शीर्ष स्थानको आर्सनलसँग अंक दूरी घटनाउने मौका गुमाउन पुग्यो ।

    सिटी ४५ अंकका साथ लिग तालिकाको दोस्रो स्थानमा रहेको छ भने आर्सनल ५० अंकसहित शीर्ष स्थानमा रहेको  छ ।

    प्रिमियर लिग अन्तर्गत अर्को खेलमा नटिङघम फरेस्टले लिड्स युनाइटेडलाई १–० गोल अन्तरले पराजित गरेको छ । जितसँगै नटिङघम १३ औं स्थानमा रहेको छ भने लिड्स १७ औं स्थानमा रहेको छ । 

  • सम्बन्धित विषय:

  • # फुटबल