शुक्रबार, श्रावण २९ गते २०८३
images
images

भुवनेश्वरी विद्यामन्दिर गड्डाचौकी र नव बाल बाटिका बौनिया विजयी

एक्सप्रेस पाना
माघ २३, २०७९ सोमबार
  • 268
    SHARES
  • भुवनेश्वरी विद्यामन्दिर गड्डाचौकी र नव बाल बाटिका बौनिया विजयी

    कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) मा कञ्चनपुरको भुवनेश्वरी विद्या मन्दिर गड्डाचौकी र नव बालबाटिका विद्या मन्दिर बौनिया विजयी भएका छन् । आज भएको पहिलो खेलमा धनगढीको शारदा विद्या निकेतन धनगढीलाई ४ रनले पराजित गर्दै भुवनेश्वरीले विजयी सुरुवात गरेको हो । उसको जितमा टिम कप्तान खगेन्द्र ठगुन्नाले अलराउण्ड प्रदर्शन गरे । उनले ब्याटिङमा ३२ रन र बलिङमा ३ विकेट लिए । 

    images

    धनगढी स्थित फाप्ला क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको भुवनेश्वरीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय २० रन जोड्यो । १ सय २१ रनको विजयी लक्ष्य पछ्याएको शारदा विद्या निकेतन २० ओभरमा ७ विकेट गुमाएर १ सय १६ रन मात्र बनाउन सक्यो । उसका लागि दीपक रोकायाले २६ र कृष्ण भट्टले २१ रन बनाए । बलिङ तर्फ भुवनेश्वरीका खगेन्द्र ठगुन्नाले ३ विकेट लिए । त्यस अघि भुवनेश्वरीको ब्याटिङमा खगेन्द्र ठगुन्नाले ३२ रनको पारी खेले । उसका प्रकाश पाण्डेले २२ र लोकेश जोशीले १८ रन बनाए । बलिङ तर्फ शारदाका हृदय बिठारीले २ विकेट लिए । 

    खेलको प्लेयर अफ दी म्याच खगेन्द्र ठगुन्ना चुनिए । आजै भएको दोस्रो खेलमा नव बालबाटिका विद्या मन्दिर बौनियाले वेष्टन क्रिष्टल एकेडेमी धनगढीलाई ९० रनले पराजित गर्यो । टस जितेर ब्याटिङ गरेको बाल बाटिकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८८ रनको विशाल योगफल तयार पारेको थियो । १ सय ८९ रनको लक्ष्य पछ्याएको वेष्टन क्रिष्टल एकेडेमीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९८ रन मात्रै बनाउन सक्यो । वेष्टनका लागि नीरज ऐरले २४ र आशिष् लुहारले १६ रन बनाए । बलिङ तर्फ बाल बाटिकाका वीर बहादुर घर्ती मगरले ३ र प्रकाश जैशीले २ विकट लिए । 

    images

    त्यस अघि पहिलो इनिङमा बाल बाटिकाका लागि नेपाली यु–१९ राष्ट्रिय टिमका सदस्य समेत रहेका प्रकाश जैशीले २६ बलमा ७ छक्का र ६ चौकासहित अविजित ७८ रनको विस्फोटक पारी खेले । उसका आशिष् ओलीले ४३ र विराट सिंह भण्डारीले ३७ रन बनाए । बलिङ तर्फ वेष्टन क्रिष्टलका रोशन थापाले २ विकेट लिए ।  खेलको प्लेयर अफ दी म्याच प्रकाश जैसी चुनिए । 

    लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सको आयोजनामा फागुन ६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा लिटल फ्लावरका बोर्डिङ हाई स्कुल धनगढी कैलाली, श्री होली फेमली इ. मिडियम स्कुल भीमदत्तनगर कञ्चनपुर, शारदा विद्या निकेतन धनगढी, सैनिक आवासीय महाविद्यालय तेघरी कैलाली, नव बाल वाटिका विद्यामन्दिर बौनियाँ कैलाली, भुवनेश्वरी विद्यामन्दिर गड्डाचौकी कञ्चनपुर, वेष्टन क्रिष्टल एकेडेमी धनगढी, गुराँस एकेडेमी अत्तरिया कैलाली, सत्यवती एकेडेमी अत्तरिया कैलाली र लोटस आइ इ. सेकेन्डरी स्कुल अत्तरिया सहभागी छन् । 

    फागुन ६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेतालाई २ लाख ५१ हजार १ सय ११ र उपविजेतालाई १ लाख २५ हजार ५ सय २५ नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले १०÷१० हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । त्यस्तै उदीयमान खेलाडीलाई नगद ५ हजार प्रदान गरिने आयोजकले जनाएको छ । प्रत्येक विद्यालयले आफ्नो टिममा ४ जना १९ वर्षमुनिका खेलाडी समावेश गर्न पाउनेछन् । विद्यालयमा लुकेर रहेका क्रिकेट खेलाडीहरूलाई बढीभन्दा बढी खेल एक्सपोजर दिन तथा उमेर समूहको क्रिकेटलाई विकास गर्ने उद्देश्यसहित प्रतियोगिता सञ्चालन गर्न लागेको आयोजकको भनाई छ । 

    प्रतियोगिता धनगढी उपमहानगरपालिका धनगढी संरक्षक, लिटल फ्लावरका बोर्डिङ हाई स्कुल धनगढी प्रायोजक, वर्ल्ड भिजन इन्टरनेसनल नेपाल (नेपाली जुटौँ, बाल विवाह रोकौँ) अवेरनेस पार्टनर, आइएमइ पे प्लेयर अफ द म्याच प्रायोजक रहेको छ । त्यस्तै डिजिटल लर्निंग पार्टनरमा निमा एकेडेमी, हायर एजुकेसन पार्टनर टाइम्स इन्टरनेशनल कलेज डिल्लीबजार काठमाडौँ, कम्युनिकेसन पार्टनर नेपाल टेलिकम, सह प्रायोजक हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेज काठमाडौँ, रनर अप प्रायोजकमा गुरुकुल एकेडेमी उत्तरबेहडी धनगढी रहेको छ । त्यस्तै अफिसियल गेट प्रायोजकमा धनगढी वाल पेपर सप्लायर्स एण्ड होम डेकोर, पब्लीकेशन पार्टनर ओशन पब्लीकेशन प्रालि, हस्पिटालीटि पार्टनर इमेज होटेल प्रा.ली धनगढी, सर्टिङ एण्ड सुटिङ पार्टनर गुरुजी सर्टिङ एण्ड सुटिङ धनगढी, प्लेयर अफ दी टुर्नामेण्ट प्रायोजक मालिकार्जुन हार्डवेयर प्रा.लि. अत्तरिया रहेको छ । 

    त्यस्तै सहप्रायोजकहरुमा निष्ट फाउन्डेसन काठमाडौँ, के. आई. सिंह गाउँपालिका डोटी, हस्पिटल पार्टनर निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर धनगढी, स्किन केयर पार्टनर धनगढी स्किन केयर एण्ड एस्थेस्टिक सेन्टर धनगढी, सहप्रायोजकहरुमा  चैतन्य पाठशाला धनगढी, जय मंगलम् सिमेन्ट प्राली  युवा समाजसेवी विनोद शाही हाल अमेरिका, दाहाल पुस्तक पसल धनगढी, होटेल जियान हस्पिटालिटी धनगढी, उच्चाकोटी आर.एम.सी धनगढी , डिस्कभरि बोर्डिङ स्कुल धनगढी,सानभी बुक्स एण्ड स्टेशनरी धनगढी रहेका छन् । 

    वेस्ट बलर प्रायोजक वरिष्ठ युवा  समाजसेवी जयन्ती थापा हाल अमेरिका एजुकेसन कन्सल्टेन्सी पार्टनर एस. आ. जी.नेपाल काठमाडौँ, वेस्ट ब्याट्सम्यान प्रायोजक विद्या भूषण पब्लिक स्कुल मोहनपुर कैलाली ,सह प्रायोजक नवजीवन हस्पिटल धनगढी, समाज सेवी अर्जुनराज जोशी (हाल कोरिया), कामिक्षा देवी डेरी धनगढी र  विशेष अटो मोटिभ्स(हिरो) धनगढी कैलाली रहेका छन् ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट